Posts

भारतले कसैको सीमा मिचेको छैन : भारतीय गृहमन्त्री

Image
भारत : भारतीय गृहमन्त्री अमित शाहले भारतले कसैको सीमा नमिचेको बताएका छन् । भारतीय टेलिभिजन न्युज एट्टिनसँगको कुराकानीमा उनले यस्तो दावी गरेका हुन् । नेपालसहित भारतका अन्य छिमेकी राष्ट्रहरुको सम्बन्ध बिग्रिएकोबारे सोधिएको प्रश्नमा उनले भारतले सीमा उल्लंघन नगरेको उल्लेख गरेका हुन् । भारतीय गृहमन्त्री शाहले भारतीय सीमा र सेनाको सम्मान नगर्नेलाई भारत पाठ सिकाउन पछि नहटने समेत बताएका छन् । सीमा रक्षाका लागि भारतले सर्जिकल स्ट्राइक होस् या एयर स्ट्राइकको नीति विश्वमाझ स्थापित गरेको उनको भनाइ छ । पाकिस्तानी प्रधानमन्त्रीले भारतले छिमेकीसँग छदम युद्ध गरिरहेको आरोप लगाएको समयमा भारतीय गृहमन्त्रीको यस्तो भनाइ आएको हो । यसअघि भारतीय रक्षामन्त्री राजनाथ सिंहले भने लिपुलेकमा नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताद्वारा नै हल गरिने बताएका थिए । भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको गत बैशाख २६ गते उदघाटन गरेपछि नेपालले आपत्ति जनाउदै आएको छ । नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनैतिक तथा प्रशासनिक नक्स...

नैतिकताको ख्याल गरौं, सांसदहरुको पनि भत्ता कटौती गर्नुपर्छः नारायणकाजी श्रेष्ठ

Image
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले सांसदहरुको पनि भत्ता कटौती गर्न सरकारसँग माग गरेका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले सांसदहरुको पनि भत्ता कटौती गर्नुपर्ने माग गरेका छन् । सरकारले कर्मचारीले पाउँदै आएको भत्ता कटौती गर्ने निर्णय गरेको थियो । ‘सरकारी कर्मचारीहरुले पाउने खाजा, बैठकलगायतका अन्य थुप्रै भत्ताहरु कटौती गरिएको छ’, उनले भने, ‘प्रतिनिधिसभाका सबै माननीयज्यूहरुलाई आग्रह गर्न चाहान्छु – कर्मचारीहरुले भत्ता नलिनु तर, हामीले भत्ता लिनु सोचनिय विषय भएकाले भत्ता नलिने निर्णय गरौं ।’

आजदेखि फोन गर्दा पैसा लाग्दैन ! जिरो ब्यालेन्समा फेसबुक चलाउन र युट्युब हेर्न पनि मिल्ने

Image
काठमाडौ । नेपाल टेलिकमले व्यालेन्स नहुँदा पनि कुरा गर्न सकिने अफर ल्याएको छ । लकडाउनमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताका लागि सोमबार राती १२ बजेदेखि निःशुल्क सेवा शुरु गरिएको टेलिकमले जनाएको छ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर यो सेवा शुरु गरिएको हो । लकडाउनमा रिचार्ज नपाइने भएकाले यो सेवा अपरिहार्य थियो । प्याकेज आगामी दुई दिनसम्म उपलब्ध गराइने बताइएको छ ।सो प्याकेजको प्राप्त गर्ने ग्राहकलाई एसएमएसमार्फत जानकारी पठाइने, उक्त एसएमएसको निर्धारित जवाफ एसएमएसमार्फत पठाएर प्याकेज लिन सकिने, सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाइ जानकारी गराइने छ । उक्त प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई उपलब्ध हुने छ । ब्यालेन्स कम भएर फोन गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेजमा २५ वटा अन–नेट एसएमएस, ५० मिनेट अन–नेट भ्वाइस, १०० एमबी डाटा, प्याकेजको अवधि स...